Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तिहार र छठपर्वलाई लक्षित गरी माटोका भाँडा बनाउन सुनसरीका कुम्भकारलाई भ्याइनभ्याई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८१
in विविध, समाचार
0
तिहार र छठपर्वलाई लक्षित गरी माटोका भाँडा बनाउन सुनसरीका कुम्भकारलाई भ्याइनभ्याई
83
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त हुन्छन्। तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् ।

स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ ।

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताए।

“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ ।

चाडपर्वका बेलामा एउटा परिवारले रु एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बेचनीदेवी पण्डितले बताए ।

आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताए। कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

Tags: #रासस#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    374 shares
    Share 150 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.