टाकुरा न्युज
Thursday, May 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पाँचथर : ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

रासस by रासस
प्रकाशित मिति : कार्तिक १४, २०८१
0
पाँचथर : ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
59
SHARES
Share on FacebookShare on Twitter

रवीन्द्र काफ्ले/पाँचथर : फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ ।

गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् ।

असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो ।

सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउँछन् । “गाउँले आएर गाईवस्तु सारिदिएछन्”, उनले भने ।

वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी ।

“एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्”, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भने, “हेरौँ अब सरकारले के गर्छ ? यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।”

पूर्वी पहाडमा विसं २०२५ सालमा बाढी पहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढी पहिरो प्रत्यक्ष देखे । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ ।

“मेरो पालि (मतान) बगाएको थियो”, उनले भने, “यस पटक गाउँ केही नरहने गरी पहिरो झर्यो ।”

पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् ।

“जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ”, तिम्सिनाले भने, “छोरो चाहिँ विदेशमा छ ।”

सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् ।

पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् ।

यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ ।

श्रीमानको निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । “हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ”, लिम्बूले भने, “केही त सहयोग पाइएला कि ।”

फेदाङ्वा (झाँक्री) समेत रहेका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए । चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरु विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए ।

तर असोज १२ गते उनको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उनकी श्रीमती सुखमाया त घर फर्केर आइन्, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे ।

यहाँ (शीतलपाटीमा) पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउँछन् । “हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त ? वर्तिरपर्तिर भाग्यो, बस्यो”, निराश हुँदै ७० वर्षका मानबहादुरले भने, “त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।”

पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । “दश घर परिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ”, छिमेकीहरुलाई मद्दत गर्दै आएका शर्णकुमारले भने, “बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन ।”

उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घरहरु सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयवासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ ।

“खोला ठूलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हेरयौँ । पहिरो जान्छ भन्ने यकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ”, शर्णकुमारले भने । सो स्थानबाट दुई घर बसाइँ सरेर अन्यत्र गइसकेका छन् शर्णकुमार र उनका भाइ नजिकै मच्छेबुङमा बसेका छन् ।

भान्साघर बगाउनाका साथै घर पहिरोको जोखिममा भएपछि काइलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ वर्ष पुगे ।

“एकछिन त जीउ जोगाउनु प¥यो होला नि । उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ”, खड्गबहादुरले भने, “भगवानले यस्तै गरिल्याए । कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन ।”

फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङ्लिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन् ।

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छभने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उनले बताए ।

यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भने, “सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र ?” अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

“अहिलेसम्म विस्थापितहरुलाई सुरक्षित स्थानसम्म पुर्याउन हामी लागिपरेका थियौँ । अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ”, अध्यक्ष थाम्सुहाङले भने, “गाउँपालिकाले मात्रै त के गर्न सकिएला र ? प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन ।”

यसका यसका लागि पालिकास्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउँछन् । बाढी पहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन् । खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

Tags: #पाँचथर#रासस

Related Posts

झापामा हात्ती मृत फेला
समाचार

झापाको पाँचपोखरी सामुदायिक वनमा मकुना हात्ती मृत फेला

by रासस
प्रकाशित मिति : जेष्ठ ७, २०८२
0

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५...

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 
FEATURE BREAKING

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

by रासस
प्रकाशित मिति : जेष्ठ ७, २०८२
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित आठ जना पक्राउ

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

प्रकाशित मिति : जेष्ठ ७, २०८२
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

प्रकाशित मिति : जेष्ठ ७, २०८२
झापा : बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप

झापा : बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप

प्रकाशित मिति : जेष्ठ ७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा हात्ती मृत फेला

झापाको पाँचपोखरी सामुदायिक वनमा मकुना हात्ती मृत फेला

प्रकाशित मिति : जेष्ठ ७, २०८२
विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित आठ जना पक्राउ

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

प्रकाशित मिति : जेष्ठ ७, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2427 shares
    Share 971 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1804 shares
    Share 722 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु

    765 shares
    Share 306 Tweet 191
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana