इटहरी : कोशी प्रदेशमा बिहीबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेको छ ।
छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ । यसैबीच कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो ।
कात्तिक २४ गते अर्थात शनिबार छ। कात्तिक २५ गते आइतबार प्रदेश सरकारले राष्ट्रिय विभूति एवं किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
Discussion about this post