इटहरी : कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचान पक्षधरहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ ।
आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ ।
पहिचानको पक्षमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन् ।













Discussion about this post