Tuesday, April 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’को दोस्रो संस्करण विमोचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८१
in कला साहित्य, समाचार
0
कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’को दोस्रो संस्करण विमोचन
66
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य ‘बिलौनै बिलौना’को दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ ।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेललगायतले संयुक्त रूपमा गरेका थिए ।

कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनैबिलौना उनको १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको कुरा गरिन् ।

उनले भनिन्, ‘बिलौनैबिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्रकान्ति तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ । यसो हुँदा यो बिलौनै बिलौनासँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि कट्टेल बालवयमै कवितामा विलक्षण प्रतिभाका धनी देखिन्छन् । उनका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् ।’

कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे ।

उनले भने, ‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित कवि हुन् ।’

कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रा.डा. मेदिनी शर्मा प्रा.डा. हरिहरलगायतले कट्टेल र उनको विमोचित काव्यको चर्चा र प्रशंसा गरे । कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी, कवि शारदा कार्की, प्रज्ञा कट्टेललगायतले विमोचित काव्यका कविताहरू वाचन गरेका थिए ।

उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम छन्दवाटिकका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेका थिए ।

Tags: #साहित्यकविताविमोचनहरि कट्टेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १, २०८३
0

झापा : झापाको मेचीनगरमा ड्युटी सकेर फर्किँदै गरेका सशस्त्र प्रहरी सवार मोटरसाइकल दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ। मृत्यु...

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली
समाचार

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

by रासस
बैशाख १, २०८३
0

झापा : मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका किसान रवि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका लागि उदाहरण बनेका...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक युवक पक्राउ

बैशाख १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

बैशाख १, २०८३
पूर्वी नेपालका राजवंशी समुदायको गौरवमय चाड ‘सिरुवा पावनी’ सुरु

पूर्वी नेपालका राजवंशी समुदायको गौरवमय चाड ‘सिरुवा पावनी’ सुरु

बैशाख १, २०८३
विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

चैत्र ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३
१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

बैशाख १, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक युवक पक्राउ

बैशाख १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

बैशाख १, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1157 shares
    Share 463 Tweet 289
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    370 shares
    Share 148 Tweet 93
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.