Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने दुई दलीय संयन्त्रको निर्णय (अरू के-के भयो छलफल ?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १४, २०८१
in समाचार
0
कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने दुई दलीय संयन्त्रको निर्णय (अरू के-के भयो छलफल ?)
101
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको दुई दलीय संयन्त्रको बैठकले पहिचान पक्षधरसँग वार्ता गरी उपयुक्त निर्णय लिने तयारी गरेको छ ।

कांग्रेस–एमाले दलीय संयन्त्रका नेता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसहितको शुक्रबार बसेको बैठकले पहिचान पक्षधरसँग वार्ता गरी उपयुक्त निर्णय लिने तयारी गरेको हो ।

यसैगरी बैठकले चालु आर्थिक वर्षको बजेट संशोधन गर्नेसमेत निर्णय भएको छ । खासगरी २०८१–०८२ का लागि कोशीमा बजेट ल्याउँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सरकार रहेका कारण उक्त बजेटप्रति एमाले र कांग्रेस सांसद असन्तुष्ट थिए ।

सरकार फेरिएपनि आफैंले ल्याएको बजेट भएका कारण संशोधन गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार थिएनन् । तर, शुक्रबारको बैठकबाट भने कार्कीले बजेट संशोधन गर्ने निष्कर्षमा पुगेका छन् ।

तत्कालीन प्रदेश १ को नामकरणविरूद्ध असन्तुष्ट रहेका आन्दोलनरत पक्षसँग वार्ता बसेर उपयुक्त निर्णय गर्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता भूपेन्द्र राईले बताए ।

उनका अनुसार ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवलकार निर्माण सुरू भएपछि त्यहाँ पनि विरोधमा आन्दोलन सुरु भएको छ । दुवै आन्दोलनको नेतृत्व पहिचान पक्षधरहरूले गर्दै आएकाले वार्ताका लागि समिति बनाउन सुझाव आएको उनले बताए ।

नेकपा एमालेका स्थायी समितिका सदस्य शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका कोशी सभापति उद्दव थापासँगै मन्त्री तथा दुई दलीय संयन्त्रका सदस्यहरू सहभागी थिए ।

बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन, मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यन्वयनमा विशेष ध्यान केन्द्रित गर्ने, बजेट संशोधनको तयारी सुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक मागहरूलाई आधार मानी कार्यन्वयनयोग्य कार्यक्रमहरूमा बजेटलाई केन्द्रित गर्ने विषयबारे छलफल भएको थियो ।

यसैगरी प्रदेश सरकारबाट सञ्चालित बहुवर्षीय वा अन्य प्रकृतिका आयोजनाहरूको सम्पन्न गर्नेगरी वर्गीकरण गरेर काम गर्ने, चुनौतीहरूलाई सामना गर्न नियमित छलफल, परामर्श र समीक्षा गर्दै अवसर र सम्भावनाहरूको अधिकतम उपयोग गर्ने, दुई दलीय संयन्त्रमार्फत केन्द्रबाट पहल गरी विभिन्न शीर्षकहरूमा थप बजेटका लागि पहल गर्नेबारे छलफल भएको प्रवक्ता राईले बताए ।

यसैगरी प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन वर्ष महोत्सव लगायतको तयारी र व्यवस्थापन गर्ने, निजी क्षेत्र सबैलाई समेटने र भूमिका दिने, सम्मेलन र महोत्सवहरूलाई ऐतिहासिक र उपलब्धीमूलक बनाउनेबारे छलफल भएको थियो ।

यस्तै, नियमित सरकारले आन्तरिक रूपमा समीक्षा गर्ने, दुई दलीय संयन्त्र र सरकारबीचको छलफललाईसमेत नियमित गर्ने, प्रदेश सरकारले गरेका राम्रा कामहरूलाई जनस्तरमा पु¥याउने, प्रदेश सरकार मातहतका सहकारीहरूको बचत, लगानी र अपचलन लगायतको विषयहरूको अध्ययन गर्न समिति गठन गर्ने, एसिएन हाइवे निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपूर्ति लगायतमा उत्पन्न समस्या समाधानबारेमासमेत सम्बन्धित पक्षहरूसँग तत्काल संवाद गर्ने निर्णय भएको राईले बताए ।

उनका अनुासर अनेकन बहानामा सामाजिक सद्भाव र सहिष्णुता भड्किन र भड्काउन गरिने प्रयासहरूबारे सरकार र दुई दलीय संयन्त्र सचेत रहनेबारे छलफल भएको थियो ।

Tags: कोसी प्रदेशपहिचान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.