Tuesday, June 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : किवी उत्पादन दोब्बरले बढ्यो, बिक्री गर्न बजार पाउँदैनन् किसान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०८१
in विविध, समाचार
0
खोटाङ : किवी उत्पादन दोब्बरले बढ्यो, बिक्री गर्न बजार पाउँदैनन् किसान
121
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किवी पाकिसकेका छन्। १२ वर्ष अघिदेखि किवीको व्यावसायिक खेती शुरू गरेका राई जिल्लाकै पहिलो किवी किसान हुन्।

शुरूका वर्षमा प्रतिकेजी ४०० रुपैयाँसम्मले बिक्री गरेका उनले यस वर्ष बोटमै किवी पाकिसक्दा पनि टिपेका छैनन्। उनको फार्ममा करिब चार हजार किलो किवी उत्पादन भएको अनुमान गरिएको छ।

किवीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र १४ लाख रुपैयाँ बढीको बेर्ना बिक्री गरेका थिए। करिब २५ रोपनी जमिनमा किवी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेका छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किवीखेती गरेका छन्। ११ वर्ष अघिदेखि किवीखेती गरिरहेका शेर्पाको फार्ममा यस वर्ष ११ हजार केजीभन्दा बढी किवी फलेको छ।

शेर्पाले उत्पादन गरेको किवी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ। जिल्लाका स्थानीय हाटबजार तथा पसलहरूमा प्रतिकेजी एक सय रुपैयाँदेखि १५० रुपैयाँसम्ममा किवी बिक्री भइरहेको छ।

विगतमा फार्मबाटै बिक्री भएको किवी यस वर्ष आफैँले ढुवानी खर्च बेहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए।

“मेरो फार्ममा ३७५ वटा वयस्क बोट छन्। एउटै बोटमा १५० केजीसम्म फलेको छ। दुई वटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उनले भने, “यो वर्ष सबै बोटको किवी बिक्री हुने सम्भावना कम छ। गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु। त्यहाँ पनि बजार छैन भन्दै आएका छन्। यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु।”

किवी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन्।

किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए। गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो।

नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किवी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए।

“किवी उत्पादन बर्सेनि बढ्दै जाने फल हो। जति वयस्क हुन्छ उति नै उत्पादन पनि बढ्दै जान्छ। त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उनले भने, “गत वर्ष दश मेट्रिकटन किवी किसानले बिक्री गरेका थिए। प्रतिकेजी १६० रुपैयाँका दरले हिसाब गर्दा १६ लाख रुपैयाँ हुन आउँछ। यो वर्ष पनि १५० रुपैयाँकै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख रुपैयाँ बराबरको हुन्छ।”

नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किवीको बिरुवा रोपिएको जनाइएको छ। यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ। फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख बिसन राईले बताए।

किवी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा एक करोड रुपैयाँभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए। जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किवीखेती शुरू गरेका छन्।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको व्यावसायिक खेती शुरू गरेका किसान आफूले उत्पादन गरेका किवी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन्।

Tags: #खोटाङ#राससकिवी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

इटहरी : सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य...

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३
विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

जेष्ठ २६, २०८३
विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.