टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कृष्ण काश्यपको सङ्ग्रहमाथि विमर्श तथा गजलकार राज भट्टराई र बबिता भुजेलको गजल वाचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : मंसिर २२, २०८१
0
कृष्ण काश्यपको सङ्ग्रहमाथि विमर्श तथा गजलकार राज भट्टराई र बबिता भुजेलको गजल वाचन
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ ।

क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए ।

आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । ‘विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, ‘गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । ‘ती विवादतिर नजाऔँ, तर हामी क्रमशः सुधारिनुपर्छ,’ उनले भने, ‘गजल संरचनाको विधा चैँ हो ।’

उनले काश्यपका गजल सङ्ग्रहभित्र लयात्मक गजल रहेको बताए ।

‘हामी बच्चादेखि नै लयसँग खेल्दै आएका हौँ । हामीलाई आमाले सुत् भन्नुभएन, गीत गाएरै सुताउनुभयो,’ सुवेदीले भने, ‘खाना खाँदा होस् वा फकाउँदा आमाले लयमै गीत गाउनुभयो । हामी सङ्गीतमा खाना खाएर आएका हौँ, त्यसैले अवचेतन मनमा कहीँ न कहीँ लय आउँछ ।’

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । आफ्नो लागि ध्यान गर्नु र गजल लेख्नु उस्तै रहेको उनले बताए ।

काश्यपले भने, ‘विगतमा हामीले वैचारिक आन्दोलन नै जस्तो गरेर आएका हौँ । गजल किन र के का लागि लेखेँ भन्दा पनि महत्वपूर्ण कुरा त गजल लेख्नु नै मेरो लागि उपलब्धि हो ।’

कवि बद्री भिखारीको सभाध्यक्षमा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्धय राज भट्टराई र बबिता भुजेलले चार–चार वटा गजल वाचन गरे । सुनसरीको इनरुवा निवासी भट्टराई र खोटाङ घर भई मोरङको बूढीगंगा बस्दै आएकी भुजेलले गजल वाचन गरेका हुन् ।

कार्यक्रममा वक्ता र गजलकारहरूलाई कवि भिखारीसहित देवान किराती, सुदीप पाख्रिन र सुविद गुरागाईँले मायाको चिनो प्रदान गरेका थिए ।

सुमन रेग्मीले स्वागत मंतव्य राखेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासहित मधेस प्रदेशका सर्लाही र बागमती प्रदेशको चितवनबाटसमेत स्रष्टाहरू सहभागी भएको संस्थाका अध्यक्ष भरत दाहालले बताए ।

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

Tags: #साहित्यकृष्ण काश्यपक्यानभास साहित्य समाजगजलबबिता भुजेलराज भट्टराई

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु
समाचार

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

मोरङ : मोरङको रंगेली नगरपालिका ८ दर्वेसास्थित भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको...

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२
सुनसरीमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण पुष्टि

सुनसरी : अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरे

प्रकाशित मिति : जेष्ठ ६, २०८२
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana