इटहरी : नेपाली सिनेमा कार्साङको निर्माण युनिट यतिबेला कलाकारसहित पूर्वको यात्रामा छ ।
चलचित्रका निर्देशक याम शेर्पासहित मुख्य कलाकारहरू जितु नेपाल, दिया मास्के सृजना निङ्लेखु लगायतको टिम चलचित्र प्रचारका लागि पूर्व आएको हो ।
इटहरीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रका निर्देशक याम शेर्पाले चलचित्र पारिवारिक रहेको बताए ।
शेर्पा समुदायभित्रको कथा रहेको उल्लेख गर्दै निर्देशक शेर्पाले चलचित्र कार्साङलाई पूर्वेली दर्शकको साथ मिल्नेमा ढुक्क रहेको बताए ।
कलाकार जितु नेपालले आफूले चाहेको जस्तै रोल कार्साङमा निर्वाह गर्न आएको बताउँदै अथक मिहिनेत गरेर चलचित्रलाई उत्कृष्ट बनाएको उल्लेख गरे ।
पुस २६ बाट प्रदर्शनमा आउन लागेको चलचित्रमा अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा छन् ।
चलचित्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको अभिनय छ ।
Discussion about this post