इटहरी : सरकारले सुनसरी, मोरङ र झापाका सिडिओको सरुवा गरेको छ । सुनसरी, मोरङ र झापाकासहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको हो ।
गृह मन्त्रालयले सुनसरी, मोरङ, काठमाडौं, कैलालीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो । सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
तिवारीको स्थानमा कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्र आउने भएका छन् । मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको स्थानमा इन्द्रदेव यादव आउने भएका छन् ।
झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको स्थानमा सर्लाहीका सिडिओ गोपालकुमार अधिकारी आउने भएका छन् ।
यसैगरी काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।
त्यस्तै, गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ ।
त्यस्तै, दाङका सहायक सिडिओ सावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको हो।














Discussion about this post