Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

लैङ्गिक समानतामा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २९, २०८१
in विविध, समाचार
0
लैङ्गिक समानतामा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट
67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा लैससासको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा सूचकहरूको तोकिएको आधारमा स्व–मूल्यांकन गर्दा राम्रो अवस्थालाई १ अंक, मध्यम अवस्थालाई ०.५ अंक र अति कमजोर अवस्थालाई ० अंक दिइएको छ ।

पछिल्लो चार वर्षको नतिजालाई केलाउँदा, विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ ।

आ.व. २०७७/०७८ मा प्राप्तांक ५४ थियो भने, आव २०७८/०७९ मा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्दा एक सयवटा सूचकमा ७०.५ अंक प्राप्त भएको थियो । त्यसैगरी आ. व. २०७९/०८० मा एक सय सूचकहरूमा कुल ७४.५ अंक प्राप्त भएकोमा आ.व. २०८०/०८१ मा सो प्राप्तांक ७८ पुगेको हो ।

मूल्यांकनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु–सरोकारको विषय मात्र होइन अन्तरशाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको अनुभव लैससास परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक डा. चन्द्र उपाध्याय (तिम्सिना)को निष्कर्ष रहेको छ ।

डा. तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभर गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ ।

यद्यपि, लैंगिक समानता एवं सामाजिक समावेशीकरणसम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्यांकको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीयकरण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ ।

महानगर मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताए । ‘यद्यपि सर्वोत्तम स्थान प्राप्त गर्न हामी कहाँ चुकेका रहेछौं, त्यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘लैससास परीक्षण कार्यशालामा उठेका सवालहरुलाई सम्बोधन गर्दै महानगरलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैले पहल र प्रयास गर्नुपर्छ ।’

लैससास परीक्षण कार्यदलको संयोजकसमेत रहेकी उपमेयर कार्कीले लैससास परीक्षण कार्यशालामा निकै गहन छलफल भएको बताइन् ।

‘लैंगिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा हामी हिजो कुन अवस्थामा थियौं र आज कहाँ पुगेका छौं भन्ने थाहा भयो,’ उपमेयर कार्कीले भनिन्, ‘प्रायः प्रमाणहरू जुटाउने प्रयास भए । हामीले लैससाससम्बन्धी कार्यक्रमहरूको निरन्तर अनुगमन र मूल्यांकन गर्दै सम्पन्न गरिएका सबै कार्यक्रमहरूको प्रमाणहरु सुरक्षित राख्नुपर्छ । यसका लागि अन्तर महाशाखा समन्वय अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेसमेत देखिएको छ । आगामी दिनमा थप जिम्मेवार बन्दै सबै शाखा–महाशाखाले लैससासअनुरूप कामहरू गर्दै जानेछौं ।’

लैससास परीक्षणको सम्पूर्ण पक्रियामा सक्रिय सहभागितासहित लैससास परीक्षणका प्रत्येक सूचकमा आफूले चासो राखेको उनले बताइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार विगतका वर्षहरूको तुलनामा आ व २०८०÷८१ लैससास को क्षेत्रमा विराटनगर महानगरपालिकाको थप प्रगति देखिएको छ ।

‘लैससासको क्षेत्रमा एक सय प्रतिशत अंक प्राप्त गर्न हामीले सोहीअनुरूप काम गर्नका लागि जोड दिनुपर्छ, सबै यसमा लागिपरेर योजना तथा बजेट निर्माण गरी कार्यान्वयन गर्नुपर्छ,’ ढुंगेलले भने, ‘कार्यशाला सहभागितामूलक रहेको र सबै सहभागी भएर विराटनगर महानगरपालिकाले कसरी काम गरिरहेको रहेछ र हामी कुन अवस्थामा रहेछौं भन्ने कुराको पूर्ण ज्ञान भएकाले स्वतन्त्र विज्ञको विश्लेषणले औंल्याएका कमीकमजोरीहरूलाई क्रमशः सुधार गर्दै लानुपर्छ ।’

Tags: #विराटनगरलैङ्गिक समानताविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    973 shares
    Share 389 Tweet 243
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.