Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जना प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ५, २०८१
in विविध, समाचार
0
चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जना प्रथम
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् ।

‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय भइन् ।

त्यस्तै, सत्यनारायण माविकी छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठकले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

साहित्यकार हरि कट्टेल र स्वीकृति रेग्मी मुनाको निर्णायक समितिले विजेताहरूको नाम घोषणा गरेको थियो ।

विजेता विद्यार्थीलाई क्रमशः तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय र सात सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंलगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष नेउपानेले विद्यालय–विद्यालयबीच र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता विकासका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए ।

वडाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा काम गरिरहेको उनको भनाइ थियो । नेउपानेले प्रतिष्ठानले गर्ने रचनात्मक कार्यका लागि आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले प्रतिष्ठानले मासिक कार्यक्रमअन्तर्गत कविता वाचन, पुस्तक विमोचन, पुस्तक समीक्षासहित अतिरिक्त कार्यक्रम पनि गर्दै आएको जानकारी दिइन् ।

उनले यसपटकको कार्यक्रममा विद्यार्थीको विद्यालयस्तरदेखि नै पाठ्यक्रमभन्दा बाहिरको पनि ज्ञान र बोल्ने कलाको विकास होस् भन्ने उद्देश्यले अन्तर सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको प्रस्ट पारिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले पाठ्यक्रमको ज्ञानसँगै बाहिरी ज्ञान पनि विद्यार्थीमा हुनु जरुरी रहेको औंल्याए ।

सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त गर्ने उनको भनाइ थियो । नवोदितले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कलाको विकास हुनुका साथै ज्ञानको भण्डारसमेत फराकिलो हुने धारणा राखे ।

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम आयोजना गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिए । विराटनगर महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालय छन् ।

प्रतिष्ठानले पहिलोपटक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकाले ११ वटा विद्यालयलाई मात्रै सहभागिता गराएको कार्यक्रम संयोजक निर्मला कोइरालाले बताइन् ।

Tags: #विराटनगरचेतना प्रतिष्ठानवक्तृत्वकला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.