Tuesday, June 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सरसफाई मोबाइल एम्बुलेन्सका रूपमा प्रयोग गर्न महानगरलाई रिक्सा हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ६, २०८१
in विविध, समाचार
0
सरसफाई मोबाइल एम्बुलेन्सका रूपमा प्रयोग गर्न महानगरलाई रिक्सा हस्तान्तरण
73
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरूले समेत चासो देखाउन थालेका छन् ।

पछिल्लो समय विराटनगर सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ ।

सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई रिक्सा हस्तान्तरण गरे ।

मेयर कोइराला, उपमेयर कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका ३ नम्बर वडाका वडाध्यक्ष बासुबहादुर बस्नेत, वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेल, अग्रवाल सभाका पूर्वअध्यक्ष अभिषेक तोदी, देवकीनन्दन अग्रवाल, लक्ष्मण नेवटियालगायतको उपस्थितिमा सभाका अध्यक्ष अग्रवालले महानगरलाई रिक्सा हस्तान्तरण गरे ।

सो रिक्सालाई सरसफाई मोबाइल एम्बुलेन्सका रूपमा प्रयोग गरिनेछ । अबदेखि मुख्य बजार क्षेत्रको फोहोर दिनभरि उठाइनेछ । यसअघि बिहान मात्रै फोहोर उठाउने गरिएको थियो ।

मेयर कोइरालाले विराटनगरको सरसफाईमा विराटनगरवासीले समेत अपनत्व लिन थालेको भन्दै खुसी व्यक्त गरे । उनले सबैको साथ र सहयोगले विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित महानगर बनाउन सकिने धारणा राखे ।

विराटनगरको सामाजिक क्षेत्रमा अग्रवाज सभाको निकै महत्वपूर्ण भूमिका रहेको औंल्याउँदै मेयर कोइरालाले आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे ।

सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार रिक्साले फोहोरसँगै सडकमा मृत भेटिएका पशुपंक्षीसमेत उठाउनेछ ।

यसअघि कसैले फोन गरेको एक घण्टाभित्र मृत पशुपंक्षी उठाउने गरिएकोमा अब बढीमा आधा घण्टामा उठाउने लक्ष्य राखिएको दाहालले सुनाए ।

बजार क्षेत्रमा सो रिक्सा सरसफाई मोबाइल एम्बुलेन्सका रूपमा बिहानदेखि रातिसम्म परिचालन गरिनेछ । जहाँ फोहोर हुन्छ त्यसलाई तत्कालै उठाएर व्यवस्थापन गरिने दाहालले बताए ।

त्यस्तै सो रिक्सामा सचेतनामूलक सूचना रेकर्ड गरेर बजाउने व्यवस्था मिलाइएको छ । रिक्सामा माइक पनि जडान गरिएको छ । जसबाट माइकिङ गर्न सकिनेछ ।

सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरले सरसफाईलाई प्रभावकारी बनाए हरेक वडालाई पुग्ने गरी थप मोबाइल रिक्सा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

अग्रवाल सभाले उपलब्ध गराएको रिक्सा सोही कार्यक्रममा उत्तरी क्षेत्रको फोहोर व्यवस्थापनको साझेदार संस्था नेपाल फूलबारीका प्रमुख उमेश कटवाल र मध्यक्षेत्रको साझेदार संंस्था स्वास्थ्य तथा सरसफाईका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सिनालाई महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले हस्तान्तरण गरे ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.