विराटनगर : प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन भएका छन् ।
विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दीप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्षमा प्रेम देवान चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन चयन भएका छन् । त्यस्तै, प्रदेश पार्षद्मा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत रहेका छन् ।
सम्मेलनका अवसरमा सहिद लक्ष्मी फुयाँल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् ।
मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
यस्तै, प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरू अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुली रहेका छछन् ।
Discussion about this post