Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मोरङमा २५ वर्षदेखि चिया बेचिरहेका दम्पती भन्छन् – दुई रुपैयाँ कपको मूल्य २० पुग्यो…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०८१
in विविध, समाचार
0
ताप्लेजुङ : तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो
94
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् ।

स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् ।

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ ।

हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ ।

२५ वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर १३ मा किनेको दूध हाल ८० पर्छ ।

स्वामकुमारीले भनिन्, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्यो, ‘लोकल’ अनि ‘स्पेसल’ । लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।”

त्यसबेला लोकल चिया प्रतिकप दुई र स्पेसल तीन रुपैयाँ थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउँछन् ।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन् । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो । दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उनले भनिन् ।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउछन् ।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउछन् । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी भन्छन्, ”बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ ।”

बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउछन् ।

Tags: #मोरङ#राससउद्यम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

by रासस
साउन ५, २०८३
0

झापा : जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ । प्रहरीको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख...

प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा वन कार्यालयको स्कोरपियोसँग सफारी ठोक्किँदा यात्रुको मृत्यु

साउन ४, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

साउन ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३
प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    425 shares
    Share 170 Tweet 106

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.