इटहरी : हिसान स्पोर्टस् मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको बुधबारको खेलमा विजयी हुँदै विश्व आदर्श, प्रिमियर, सुष्मा र पूर्वाञ्चल कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा विश्व आदर्शले ज्ञानदर्पण कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो खेलमा प्रिमियर कलेजले कोशी सेन्टजेम्स कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको छ ।
तेस्रो खेलमा सुष्मा कलेजले एम्स एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
अन्तिम क्वाटरफाइनलमा पूर्वाञ्चल कलेजले धरान मेघा हिमालयन कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
दुवै सेमिफाइनल खेलहरू बिहीबार हुने प्रतियोगिता संयोजक एवम् एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटमा विश्व आदर्श र पूर्वाञ्चल सेमिफाइनलमा
क्रिकेट प्रतियोगितामा विजयी हुदै पूर्वाञ्चल र विश्व आदर्श कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा पूर्वाञ्चल कलेजले धरान आदर्श कलेजलाई ४४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा स्मल हेभन कलेजले सुस्मा कलेजमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
बुधबारको अन्तिम खेलमा विश्व आदर्शले इटहरी नमुना कलेजलाई ६९ रनले पराजित गरेको छ । क्रिकेटका दुवै सेमिफाइनल खेल पनि बिहीबार नै हुने जनाइएको छ














Discussion about this post