इटहरी : सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
को ३४ प ६७६१ नम्बरको मोटरसाइकल दुुर्घटनामा बर्जु गाउँपालिका–४ का २८ वर्षीय रूपेशकुमार चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल र शव सँगै फेला परेको र मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
प्रहरीका अनुसार ‘हेल्मेट’ नलगाइकन मोटरसाइकल चलाउँदा दुर्घटनामा परी टाउकोमा चोट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post