Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘एसियन हाइवे’ निर्माणले लियो गति, एक वर्षमा १२ प्रतिशत काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८१
in समाचार
0
‘एसियन हाइवे’ निर्माणले लियो गति, एक वर्षमा १२ प्रतिशत काम
101
SHARES
Share on FacebookShare on Twitter

मोरङ : सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।

एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।

पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ ।

यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।

त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताए ।

नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।

सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उनी बताउँछन् ।

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् ।

पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताए ।

पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताए । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उनी बताउँछन् ।

उनका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ ।

हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् ।

सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ ।

बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ ।

६ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

Tags: #राससएसियन हाइवे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.