Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘भिजिट भिसा’मा आएर धरानमा ‘श्रमदान’ गर्ने १७ जना प्रहरी नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०८१
in टाकुरा विशेष, समाचार
0
‘भिजिट भिसा’मा आएर धरानमा ‘श्रमदान’ गर्ने १७ जना प्रहरी नियन्त्रणमा
400
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान उपमहानगरपालिका ५ देउरालीस्थितबाट प्रहरीले १६ जना अमेरिकी र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

‘भिजिट भिसा’मा नेपाल आएर श्रमदान गर्ने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार उनीहरूलाई माघ २२ गते नियन्त्रणमा लिइएको हो ।

‘हामीलाई पनि नेपाल सरकारको माथिल्लो तहबाटै सूचना आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय धरानले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कागजात भेरिफाइ गर्दा भिजिट भिसामा आएर भिसाको अवज्ञा गरेको पाइयो ।’

उनका अनुसार भारतको सिलगढीका वसन्त लामासहित १६ जना अमेरिकी नागरिकहरू नेपाल आएका थिए ।

लामासहित अमेरिकी नागरिकहरू ¥यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको भिसा अवधि कायमै रहेपनि भिजिट भिसाको अवज्ञा गरेकाले नियन्त्रणमा लिएर सम्झाईबुझाई गरी छाडिएको एसपी तिम्सिनाले जानकारी दिए ।

‘आवश्यक कागजातसहित इलाका प्रशासन कार्यालयमा ल्याएर भेरिफाइ गर्दा भिसा अवधि कायम रहेछ । टुरिस्ट प्रयोजनबाहेक अरू केही काम गर्नुहुन्छ भने थप कारबाही हुन्छ भनेर सम्झाईबुझाई गरिएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘भिजिट भिसामा आएपछि घुमघाम नै गर्नुपर्छ । तसर्थ, यी हुन् घुम्ने ठाउँ भनेर सचेत पनि गराएका छौँ ।’

उनीहरूको राहदानीसहितका कागजात चेकजाँच गरिएको थियो।

उनका अनुसार इलाका प्रशासन कार्यालय धरानले उनीहरूको कागजात अध्ययन गर्दा के प्रयोजनार्थ भिसा लागेको हो भन्नेबारे पुष्टि गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराएको थियो ।

जिल्ला प्रशासनले गृह मन्त्रालय र गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमासमेत यसबारे सूचना पुगेको उनले जानकारी दिए ।

‘टुरिस्ट भिसामै आएर पनि फलानो ठाउँमा श्रमदान गछौँ भनेर प्रक्रियागत रूपमा आउनुपर्छ । श्रमदान गर्ने वा भिजिटबाहेक अरू काम गर्ने भए नयाँ प्रोसेसबाट आउनुपर्छ,’ एसपी तिम्सिनाले भने, ‘यहाँका टुरिजम गन्तव्यसमेत जानकारी गराएर एकपटकलाई सचेत गराइएको छ । फेरि यस्तै प्रकारका भिसा अवज्ञा गरेको पाइएमा नियमानुसार कारबाही हुन्छ ।’

पक्राउ परेकाहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचार गरेका हुन् रु भन्ने जिज्ञासामा उनले यसबारे आफूलाई थाहा नभएको जनाए । नियन्त्रणमा लिइएकाहरूसँग धर्मको प्रचारजन्य कागजात फेला नपरेको उनको भनाइ छ । यद्यपि, उनीहरूमाथि थप अनुसन्धान र निगरानी भने भइरहेको छ ।

तर, स्थानीयवासीहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचारसमेत गरेको आरोप लगाएका छन् ।

खासगरी धरान ५ देउरालीमा रहेको प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै उनीहरू श्रमदानमा खटिएको र सो क्रममा धर्मको प्रचार गरेको स्थानीयको आरोप छ ।

धरानमा स्वतन्त्र मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाइरहेका छन् ।

Tags: #धरान#पक्राउटाकुरा विशेषश्रमदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    783 shares
    Share 313 Tweet 196
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.