Wednesday, March 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘भिजिट भिसा’मा आएर धरानमा ‘श्रमदान’ गर्ने १७ जना प्रहरी नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०८१
in टाकुरा विशेष, समाचार
0
‘भिजिट भिसा’मा आएर धरानमा ‘श्रमदान’ गर्ने १७ जना प्रहरी नियन्त्रणमा
394
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान उपमहानगरपालिका ५ देउरालीस्थितबाट प्रहरीले १६ जना अमेरिकी र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

‘भिजिट भिसा’मा नेपाल आएर श्रमदान गर्ने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार उनीहरूलाई माघ २२ गते नियन्त्रणमा लिइएको हो ।

‘हामीलाई पनि नेपाल सरकारको माथिल्लो तहबाटै सूचना आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय धरानले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कागजात भेरिफाइ गर्दा भिजिट भिसामा आएर भिसाको अवज्ञा गरेको पाइयो ।’

उनका अनुसार भारतको सिलगढीका वसन्त लामासहित १६ जना अमेरिकी नागरिकहरू नेपाल आएका थिए ।

लामासहित अमेरिकी नागरिकहरू ¥यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको भिसा अवधि कायमै रहेपनि भिजिट भिसाको अवज्ञा गरेकाले नियन्त्रणमा लिएर सम्झाईबुझाई गरी छाडिएको एसपी तिम्सिनाले जानकारी दिए ।

‘आवश्यक कागजातसहित इलाका प्रशासन कार्यालयमा ल्याएर भेरिफाइ गर्दा भिसा अवधि कायम रहेछ । टुरिस्ट प्रयोजनबाहेक अरू केही काम गर्नुहुन्छ भने थप कारबाही हुन्छ भनेर सम्झाईबुझाई गरिएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘भिजिट भिसामा आएपछि घुमघाम नै गर्नुपर्छ । तसर्थ, यी हुन् घुम्ने ठाउँ भनेर सचेत पनि गराएका छौँ ।’

उनीहरूको राहदानीसहितका कागजात चेकजाँच गरिएको थियो।

उनका अनुसार इलाका प्रशासन कार्यालय धरानले उनीहरूको कागजात अध्ययन गर्दा के प्रयोजनार्थ भिसा लागेको हो भन्नेबारे पुष्टि गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराएको थियो ।

जिल्ला प्रशासनले गृह मन्त्रालय र गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमासमेत यसबारे सूचना पुगेको उनले जानकारी दिए ।

‘टुरिस्ट भिसामै आएर पनि फलानो ठाउँमा श्रमदान गछौँ भनेर प्रक्रियागत रूपमा आउनुपर्छ । श्रमदान गर्ने वा भिजिटबाहेक अरू काम गर्ने भए नयाँ प्रोसेसबाट आउनुपर्छ,’ एसपी तिम्सिनाले भने, ‘यहाँका टुरिजम गन्तव्यसमेत जानकारी गराएर एकपटकलाई सचेत गराइएको छ । फेरि यस्तै प्रकारका भिसा अवज्ञा गरेको पाइएमा नियमानुसार कारबाही हुन्छ ।’

पक्राउ परेकाहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचार गरेका हुन् रु भन्ने जिज्ञासामा उनले यसबारे आफूलाई थाहा नभएको जनाए । नियन्त्रणमा लिइएकाहरूसँग धर्मको प्रचारजन्य कागजात फेला नपरेको उनको भनाइ छ । यद्यपि, उनीहरूमाथि थप अनुसन्धान र निगरानी भने भइरहेको छ ।

तर, स्थानीयवासीहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचारसमेत गरेको आरोप लगाएका छन् ।

खासगरी धरान ५ देउरालीमा रहेको प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै उनीहरू श्रमदानमा खटिएको र सो क्रममा धर्मको प्रचार गरेको स्थानीयको आरोप छ ।

धरानमा स्वतन्त्र मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाइरहेका छन् ।

Tags: #धरान#पक्राउटाकुरा विशेषश्रमदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरमा व्यावसायिक कफी खेती
FEATURE BREAKING

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : सुनसरीमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इटहरी र इनरुवामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२
सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

फाल्गुन २६, २०८२
झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

सुनसरीबाट समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, अरूलाई कति ?

फाल्गुन २६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरमा व्यावसायिक कफी खेती

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

फाल्गुन २६, २०८२
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

फाल्गुन २६, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • एमाले सुनसरीद्वारा इटहरी–१७ का वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

    150 shares
    Share 60 Tweet 38

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.