टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अनलाइन नागरिकता सिफारिस सम्बन्धी अभिमुखीकरण सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १, २०८१
0
अनलाइन नागरिकता सिफारिस सम्बन्धी अभिमुखीकरण सम्पन्न
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिस सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले समापन गरिन् ।

दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए ।

उनीहरूलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइएको थियो ।

समापन कार्यक्रममा कार्यबाहक मेयर कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने दाबी गरिन् । सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट समाप्त हुने उनको भनाइ थियो ।

उनले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गरिन् ।

सिफारिस गर्दा कर्मचारीलाई समस्या नहोस् भनेर महानगरले तालिम सञ्चालन गरेको कार्कीले जानकारी गराइन् ।

कार्कीले आगामी आइतबारदेखि १९ वटै वडाबाट अनिवार्य रूपमा अनलाइन नागरिकता सिफारिस गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाणपत्र प्रदान गर्ने सहज भएको बताए ।

यो प्रविधिको प्रयोगले समयको बचतका साथै सहज सेवा पाउनुका साथै आवश्यक परेको बेला तत्काल अभिलेख पनि पाउन सहज भएको उनको भनाइ थियो ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ ।

प्रजिअ यादवले मोरङका १७ स्थानीय तहका १५९ वडामा एक साथ यो सेवा सुरु भइसकेको जानकारी दिनुभयो । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पार्न सहज हुने प्रजिअ यादवको भनाइ छ ।

यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ ।

नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिन्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिने व्यवस्था मिलाउन प्रजिअ यादवले निर्देशन दिए ।

अभिमुखीकरणमा सहभागीहरूलाई महानगरको आइटी शाखाकी इन्जिनियर अर्चना कर्ण, इञ्जिनियर यादव श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका कर्मचारी आलोक आनन्दले सहजीकरण गरेका थिए ।

अनलाइन सिफारिस प्रणाली छिटो र छरितो भएका कारण वडा कार्यालयमा सेवाग्राहीले लामो समय पर्खिनु नपर्ने कर्णले बताए ।

Tags: #विराटनगरअभिमुखीकरणविराटनगर महानगरपालिका

Related Posts

मोरङमा आठ सय दुई किलो गाँजा बरामद
समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...

सुनसरीमा गाँजासहित दुई पक्राउ
समाचार

सुनसरीमा गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

प्रकाशित मिति : असार २६, २०८२
कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

प्रकाशित मिति : असार २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    566 shares
    Share 226 Tweet 142
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana