Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगरको १ नम्बर वडामा ‘लिफ्ट’सहितको अपाङ्गमैत्री भवन निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८१
in विविध, समाचार
0
विराटनगरको १ नम्बर वडामा ‘लिफ्ट’सहितको अपाङ्गमैत्री भवन निर्माण
79
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ ।

साबिकमा वडा कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन निर्माण गरिएको हो ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यहरुको उपस्थितिमा भवनको महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

यसअघि भवन निर्माण गरिएको सो ठाउँमा दमकलहरू राख्ने ठाउँ थियो । जुन जीर्ण भइसकेको थियो । उक्त भवनलाई भत्काएर सोही ठाउँमा वडा कार्यालयका लागि सुविधासम्पन्न आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको हो ।

विराटनगर महानगरपालिकाको २ करोड २ लाख ३६ हजार ९ सय ४५ रुपैयाँमा नयाँ भवनको निर्माण कार्य गरिएको हो । नवनिर्मित ३ तल्ले भवन २ हजार १ सय १३ स्क्वायर फिटको छ ।

काठमाडौंको निर्माण व्यवसायी कम्पनी विराट कालीमाई कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो ।

नवनिर्मित भवनको भुइँतल्लामा १२ कोठासहित २ वटा सटरहरू छन् । यस्तै माथिल्लो २ तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा मिटिङ हल, स्टोरलगायत राखिएको छ । नवनिर्मित अपाङ्गतामैत्री भवनमा ‘लिफ्ट’समेत राखिएको छ ।

महानगरका भवन पनि समयअनुकूल बनाउनु उपयुक्त देखेर अपाङ्गमैत्रीसहित लिफ्ट पनि राखिएको मेयर कोइरालाले बताए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत दोस्रो र तेस्रो तलामा पुगेर सेवा लिन सहज हुने उनको भनाइ छ ।

महानगरले सबै वडा कार्यालयलाई अपाङ्मैत्री भवन बनाउँदै लगेको मेयर कोइरालाले बताए । महानगरअन्तर्गतको कार्यालय भवनमा भने यसअघि लिफ्टको सुविधा थिएन । निर्माणाधीन महानगरको प्रशासनिक भवनमा भने लिफ्ट, अन्डरग्राउण्ड पार्किङलगायतका सुविधा छन् ।

यसअघि व्यवस्थित र फराकिलो भवन नभएका कारण सेवा प्रवाहमा समस्या झेल्दै आए पनि नयाँ भवन बनेपछि सेवा दिन सहज हुने विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताए ।

उक्त भवन निर्माणका निम्ति २०८० भदौ ६ गते ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार २०८१ चैत ३० भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । यद्यपि, निर्माण कम्पनीले निर्माण अवधिको दुई महिना अगावै भवन निर्माण गरी महानगरलाई हस्तान्तरण गरेको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

सम्पूर्ण निर्माणको काम माघ १ गते नै सम्पन्न गरिएको थियो । थापाका अनुसार अन्य ६ वटा वडाका भवन पनि ठेक्का लागिसकेको छ ।

पुराना भवन साँघुरो र जीर्ण भएकाले महानगरले सुविधा सम्पन्न नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसअघि धेरै वडा कार्यालयहरु भाडाका घरबाट समेत सञ्चालन हुँदै आएका थिए ।

१ नम्बर वडा भवन निर्माण गरिएको स्थानमा महानगरको एक कट्ठा ६ धुर जग्गा रहेको वडा सचिव सुमन दाहालले जानकारी दिए ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    943 shares
    Share 377 Tweet 236
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.