आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित सप्तकोसी बहुमुखी क्याम्पसमा विज्ञान सावा लिम्बूले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट सभापतिको उम्मेदवारी दिएका छन् । सप्तकोसी क्याम्पसका नेविसंघ इकाई समितिका सभापतिसमेत हुन् ।
यसै सन्दर्भमा लिम्बूसँग गरिएको कुराकानीको सम्पादित अंश
१. स्ववियु निर्वाचनको तयारी कस्तो छ ?
नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनमा होमिएका छौँ । हामीप्रति विद्यार्थी साथीहरूको विश्वास र भरोसा छ । विद्यार्थीहरूसँग हाम्रो एजेन्डा प्रस्तुत गर्ने, उनीहरूका समस्या सुन्ने कार्यमा लागेका छौँ । नेविसंघ जहिले पनि विद्यार्थी साथीहरूकै सहयोगमा सक्रिय भएर लाग्ने गरेको छ । हामी पनि सधै विद्यार्थीहरूको सहयोगमा सक्रिय थियौँ । स्ववियु निर्वाचन नजिकिएसँगै हामी विद्यार्थीको मन जित्ने र निर्वाचन जित्ने कार्यमा सक्रिय भएर लागेका छौ ।
२. विद्यार्थीहरूमाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नेपाल विद्यार्थी संघप्रति विद्यार्थीको आकर्षण छ । विद्यार्थीहरू हामीलाई जिताउन सक्रिय भएर लागिरहनुभएको छ । नेविसंघ विद्यार्थीहरूको हक, हित र अधिकारको पक्षमा लागि पर्दै आएकाले विद्यार्थी साथीहरू हाम्रो प्यानललाई जिताउन लागि पर्नु भएकाले हाम्रो जित निश्चित छ ।
३. स्ववियुले तपाईंको नेतृत्व पायो भने थप के काम हुन्छ ?
हामी विद्यार्थीको हक, हित र अधिकारको पक्षमा नै काम गर्नेछौँ । विद्यार्थीहरूको सेवा, सुविधा नै मेरो पहिलो प्रथामिकता रहनेछ । क्याम्पसको भौतिक संरचना विकासको विषयमासमेत काम गर्नेछु ।
विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सक्रिय बनाउन, क्याम्पसमा पुस्तकालय, खेलकुद लगायतका क्रियाकलापका लागि मेरो नेतृत्वको स्ववियु समितिले काम गर्नेछ । प्रविधिमैत्रप् शिक्षा, गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको क्षमता विकास, तालिम गोष्ठीलगायतका काममा हामी काम गर्छौ ।
४. तपाईंका चुनावी एजेन्डा संक्षिप्तमा भन्नुपर्दा ?
गुणस्तरीय शिक्षा नै हाम्रो पहिलो प्रथामिकता हो । विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउने, क्याम्पसको भौतिक र शैक्षिक सुधार नै हाम्रो पहिलो एजेन्डा हो । ई–लाईब्रेरी, कम्युटर ल्याब, विद्यार्थीहरूको क्षमता अभिवृद्दि, तालिम गोष्ठी, स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि पहल, एक विद्यार्थी एक ल्यापटप, व्यवस्थित खेलमैदान, पार्किङ्ग व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम, शैक्षिक भम्रण, नियमित खेलकुद सप्ताह लगायतका योजना छन् ।
५. तपाईंलाई नै किन भोट हाल्ने ? विद्यार्थीले विश्वास गर्ने आधार ?
हामी जे बोल्छे, त्यही गर्छौं । विद्यार्थीहरूको विश्वास नै हाम्रो जित्ने आधार हो । विद्यार्थीहरूलाई अनावश्यक आश्वासन दिएर मात्रै हामी चुनाव जित्ने पक्षमा छैनौँ । सामान्य भन्दा सामान्य विद्यार्थीहरूको शैक्षिक मुद्दालाई हल गर्न नेपाल विद्यार्थी संघ नेतृत्वको टिम निर्विकल्प भएकाले हाम्रो टिमप्रति विद्यार्थीहरूको आकर्षण पनि हाम्रो जित्ने आधार हो ।
६. अन्त्यमा केही ?
अन्त्यमा सप्तकोसी बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थीहरूलाई कसैको डर, धम्की र लोभको पछि नलागी नेपाल विद्यार्थी संघ नेतृत्वको उमेदवारहरूलाई मतदान गर्न अनुरोध गर्दछु ।
विद्यार्थीको साथ नेपाल विद्यार्थी संघ नेतृत्वको नै भएकाले सबैले मतदान गर्न हार्दिक अनरोध गर्दछु ।
Discussion about this post