Saturday, November 15, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै, प्रथम पुरस्कार राशि ५१ हजार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०८१
in कला साहित्य, समाचार
0
तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै, प्रथम पुरस्कार राशि ५१ हजार
136
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ ।

२०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ । यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।

वि.स. २०८१ चैत मसान्तम्म निम्न इमेलमार्फत् कविता पठाउन सकिने बताइएको छ । कविता janasahayog2050@gmail.com इमेलमा पठाउन सकिने आयोजक समूहले जनाएको छ ।

सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशित/अप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पढाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ ।

उत्कृष्ट १० छानिएका कविहरू स्वयम् सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने बताइएको छ ।

नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवद्र्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागीतामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको उनले बताए ।

देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भइ छानिएका उत्कृष्ट १० कविता वाचन गरिने तय भएको घिमिरेको भनाइ छ । यस कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने तयारी छ ।

खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरू हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको हुने आयोजकको दाबी छ ।

प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने र उक्त रकम एसएलसी ब्याच २०५० बाटै व्यक्तिगत रूपमा उठाइने बताइएको छ ।

Tags: #साहित्यकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय
FEATURE BREAKING

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा...

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार
समाचार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

धरान : विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–४ बौद्ध बिहार...

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

मतदाता नामावली संकलन मंसिर ५ गतेसम्म

कार्तिक २८, २०८२
जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

कार्तिक २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2624 shares
    Share 1050 Tweet 656
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    343 shares
    Share 137 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन