विराटनगर : वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।
पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् ।
साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय नवोदितलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
आगामी वैशाख ५ गते काठमाडौंमा आयोजित विशेष समारोहमा नवोदितलाई सो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमार्फत वनिता पत्रिकाले जनाएको छ ।
Discussion about this post