Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

श्रीपिण्डेश्वरमा १५ दिने रथोत्सव आइतबारदेखि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८१
in समाचार
0
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित
86
SHARES
Share on FacebookShare on Twitter

धरान : कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको श्रीपिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबारदेखि १५ दिने
रथोत्सव कार्यक्रम आयोजना हुने भएको छ ।

परापूर्वकालमा यहाँ रुद्राक्षको जंगल रहेको स्थानमा देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेका थिए ।

देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ । भगवान श्रीपिण्डेश्वरलाई रुद्राक्षका देवता पनि भनिन्छ ।

रुद्राक्षारण्य महात्म्यमा रथोत्सवको उल्लेख भएका कारण यो वर्षदेखि रथोत्सव गर्न थालिएको हो । भगवान श्रीपिण्डेश्वरको विविध आराधना र उत्सवहरुका बारे रुद्राक्षारण्यमा वर्णन गरिएको छ ।

यी उत्सवहरु मध्ये भगवान श्रीविष्णुले १५ दिन पिण्डेश्वरको आराधना गरेर उत्सव मनाएको कारण पनि यो रथोत्सव गर्न लागिएको श्रीपिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकासकुमार बनेपालीले जानकारी दिए ।

रुद्राक्षारण्य महात्म्यको अध्याय १६ को ४९, ५० र ५१ श्लोकमा भगवान विष्णुले चैत्र शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म पिण्डेश्वर महादेवको पुजा अर्चना गरेर रथोत्सव गरेकाे वर्णन छ । पूर्णिमाका दिन शिवगंगा (शिवजट्टा)मा गएर रथोत्सव समापन गरि भगवान श्रीहरि वैकुण्ठ प्रस्थान गरेकाे उक्त महात्म्यमा उल्लेख रहेको छ ।

भगवान विष्णुले समेत यहाँ आएर १५ दिनसम्म उत्सव गर्नु भएको कारण यो कार्यक्रम गर्नु परेको बनेपालीले जानकारी दिए । यस्तो उत्सव यस अघिनै हुनु पर्ने भएता पनि अहिले आएर आयोजना हुनु खुसीको कुरा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए ।

यस्ता कार्यहरुले तीर्थस्थलहरुको महत्वमा श्रीवृद्धि हुने र मठ मन्दिरहरुमा धार्मिक गतिविधी भइरहन सघाउ पु-याउने पनि जगद्गुरुले विश्वास व्यक्त गरे । यो रथोत्सवले आसन्न कोशी प्रदेश पर्यटन वर्षलाई पनि सघाउ पु¥याउने कोशी पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए ।

कोशी प्रदेशको पर्यटनको मेरुदण्ड धार्मिक पर्यटन नै भएका कारण यस्ता गतिविधीले पर्यटकहरुलाई आकर्षित गर्न सक्नेमा आफ्नो विश्वास रहेको पनि बरालले बताएका छन् ।

धरानको श्रीपिण्डेश्वर मन्दिरमा आयोजना हुने रथोत्सवमा चैत्र १७ गतेदेखि प्रत्येक दिन रुद्री पाठ अनुष्ठान, भगवानको विशेष पुजा अर्चना एवं प्रत्येक साँझ भजन किर्तन हुने छ । त्यस्तै १७ गते दिन विजयपुरका दन्तकाली, पञ्चकन्या, बुढासुब्बा हुदै पिण्डेश्वरसम्म रथयात्रा हुने छ ।

यसैगरी रथयात्राले चैत्र २२ गते दन्तकाली मन्दिर परिक्रमा गर्ने २३ गते बुढासुब्बा र पञ्चकन्या मन्दिर परिक्रमा गर्ने र चैत्र ३० गते धरान बजार परिक्रमा गरेर शिवजट्टामा समापन गरिने श्रीपिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ ।

Tags: #धरानपिण्डेश्वररथोत्सव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    898 shares
    Share 359 Tweet 225
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.