Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

ओखलढुङ्गा : पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०८१
in भिजिट नेपाल, विविध, समाचार
0
ओखलढुङ्गा : पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
96
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा : ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ ।

तीन हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न लागिएको हो ।

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते देम्बाडाँडा र समग्र जिल्लाको पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको बताए ।

उनका अनुसार महोत्सवमा अमेरिका, बेलायत, क्यानडा, कोरिया र भुटानलगायत ६ देशका खेलाडी सहभागी हुनेछन् ।

नेपालका विभिन्न जिल्लाबाट खेलाडीको सहभागिता रहने अध्यक्ष शेर्पाले जानकारी दिए । ‘पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा खिजीदेम्बाको पर्यटन विकासबाट आर्थिक रूपमा सहयोग पुग्ने निचोडमा पुग्यौँ ।

सोहीअनुसार पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिनेछौँ’, उनले भने ।

पालिकाले केही समयअघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्वारा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि एक महिनाअघि तीनदिने जातीय पहिचानसहितको सास्कृतिक महोत्सव आयोजना गरिएको थियो ।

अध्यक्ष शेर्पाले विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङसमेतका लागि पूर्वाधार विकास गरिएको बताए ।

साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिता आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पालिकाको योजना रहेको उनको भनाइ छ ।

एकै ठाउँबाट हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्दै विभिन्न प्रजातिका गुराँस र फूलको सुगन्धमा रम्न पाइने देम्बाडाँडा पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो डाँडा महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा रहेको छ ।

Tags: #पर्यटन#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    606 shares
    Share 242 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.