मोरङ : मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको ग्रामथान गाउँपालिका–६ सोमबारे स्थित घिनाघाट सडकमा नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवास रहेका छन् ।
बाटो क्रस गर्दै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तत्काल गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ४५ वर्षीय शशि गच्छदार र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३५ वर्षीया मनिका गच्छदार घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post