इटहरी : इटहरीमा ट्रयाक्टरको ठक्करबाट नाबालकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१५ स्थित प्र १–०२–००३ त ७०२ नम्बरको ट्रयाक्टरले किचेर भारतको वेस्ट बंगाल घर भइ इटहरी–१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टा बाहिर खेलिरहेका नाबालकलाई इँटा लोड गरेर निस्किदै गरेको ट्रयाक्टरको पछाडिको चक्काले मंगलबार अपरान्ह १२ बजेतिर किचेको थियो ।
गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएपनि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले ट्रयाक्टर र चालक सुनसरीको इनरुवा नगरपालिका–६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post