विराटनगर : एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै सशस्त्रको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समूह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित गरि शिर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा एपिएफ आर्मीसँग पराजित भएको थियो । एपिएफले २ खेलमा १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंककासाथ शीर्ष स्थानमा रहेको छ ।
आर्मीले १ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने वागमतीले पहिलो खेलमा पराजित हुँदै अंकविहीन रहेको छ ।
टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ८० रनको झिनो योगफल खडा गरेको थियो । वागमतीका कप्तान रित गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन जोडे ।
एपिएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिँदा हविशेष गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट लिए ।
जवाफमा ८१ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ४ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो ।
एपिएफको जितमा दीपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिँदा सुमित महर्जनले अविजित १८ रनको योगदान दिए । वागमतीका असीम श्रेष्ठले २ विकेट लिए ।
सोमबार समूह ए को अन्तिम खेल आर्मी र वागमतीबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
Discussion about this post