Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि कृष्ण उदासीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’ प्रकाशनको तयारीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८२
in कला साहित्य, समाचार
0
कवि कृष्ण उदासीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’ प्रकाशनको तयारीमा
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कवि कृष्ण उदासीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’ प्रकाशनको तयारीमा छ । पेज टर्नर प्रकाशन प्रा.लि.ले बजारमा ल्याउन लागेको सङ्ग्रहभित्र ४० वटा कविता रहेका छन् ।

कवि उदासीकाअनुसार जेठ दोस्रो सातासम्ममा कृति बजारमा आउने छ । सङ्ग्रहमा जीवन, प्रकृति र मानवीय संवेदना, देशको राजनीति विचलन लगायत विविध आयाम समेटिएका कविता समावेश छन् ।

पाँचथरको साबिक फलैँचा–६ (हाल याङ्वरक–२, तिम्तिम्बू)मा जन्मिएका उदासी अहिले झापाको दमक–४, सम्बन्ध टोलमा बसोबास गर्दै आएका छन् ।

वि.सं. २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय उनले पहिलो पटक २०५७ सालमा इन्द्रावती हवाइपत्रिका, सब्लाखु ताप्लेजुङमार्फत ‘सायरी’ प्रकाशन गरी आफ्नो औपचारिक साहित्यिक यात्रा आरम्भ गरेका थिए ।

उपन्यास, गजल, गीत, कथा र कविता विधामा समान दक्षता देखाएका उदासीका ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजल सङ्ग्रह, २०६७) र बबिता घिमिरेसँग संयुक्त कथासंग्रह ‘म हराएको साँझ’ (२०७०) प्रकाशित छन् ।

साहित्य सम्पादनमा पनि सक्रिय उदासीले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका (२०६३–२०६५), ‘सिर्जनाको बगैँचा’ (२०६५) संयुक्त साहित्य संग्रह तथा ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिका (२०६६–२०६८) को सम्पादन गरिसकेका छन् । उनी २०६३ सालमा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापकसमेत हुन् ।

संस्थागत नेतृत्वमा उनले उर्लाबारी गजल मञ्चको सचिवदेखि अध्यक्षसम्म (२०६१–२०६९) तथा नेपाली साहित्य समाज, उर्लाबारीको सचिव (२०७३–२०७६) र महासचिव (२०७६–२०७९) को जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।

गीत, सङ्गीतको क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ । उनका पाँच दर्जनभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् ।

खासगरी उनले रचना गरेको गीत ‘म घुम्टो उघार्छु’ ले २०८० सालमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जितेर आफ्नो सिर्जनात्मक क्षमताको स्पष्ट परिचय दिएका छन् ।

Tags: #साहित्यकविताकृष्ण उदासी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनिष गाैतमका दुई गजल
FEATURE BREAKING

मनिष गाैतमका दुई गजल

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

गजल - १ हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी । उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.