विराटनगर : विराटनगरमा स्कुल हिँड्न घरबाट निस्किदा गेटले किचेर एक बालकको मृत्यु भएको छ ।
मंगलबार (आज)बिहान ९ः३० बजेतिर विराटनगर महानगरपालिका– ४ जामुनगाछीस्थित राधाकृष्ण मार्ग बस्ने नारायण झा का १० वर्षीय छोरा प्रियान्सु झा को घरको गेटले किचेर मृत्यु भएको हो ।
स्कुल हिँडेका उनको आफ्नै घरको फलामको गेट खोल्ने क्रममा गेट ढलेर किचेको थियो ।
गेटले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post