इटहरी : सुनसरीमा एक सय १९ केजी गाँजासहित दुई युवक पक्राउ परेका छन् ।
सुनसरी बर्जु गाउँपालिका ३ नहर चोकमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलिले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडीलाई रोकेर खानतलासी गर्दा पिकअप गाडीको डालामा ६ वटा बोरामा लुकाई छिपाई ल्याएको गाँजासहित पक्राउ गरिएको हो ।
उक्त गाडीमा एक सय १९ केजी गाँजा फेला पारी पिकअप चालक धनकुटा नगरपालिका ९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र सहचालक सोही ठाउँ बस्ने ३० वर्षीय कबिराज राईलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post