उदयपुर : उदयपुरको कटारी नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मे १ च ३०४० नम्बरको स्कारपिओ गाडी दुर्घटना हुँदा गाडीमा सवार एक पुरुषको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीवार अपराह्न चितवनबाट झापातर्फ आउँदै गरेको स्कारपिओ गाडी आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको बेरियरमा ठक्कर भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा झापाको दमक नगरपालिका ३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक दमक ९ का
३८ वर्षीय देवेन्द्र तामाङलाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते भएका दमक १० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक ६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहालको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post