इटहरी : मोरङमा ब्रिफिङ दिने क्रममा ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अचानक लडेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको परिसरमा ब्रिफिङ तथा निर्देशन दिँदै गर्दा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, एसपी विनोद घिमिरे अचानक लडेका हुन् ।
बिहीबार दिउँसो २ बजेतिर घिमिरेले मोरङ मातहतका सबै पोस्ट इञ्चार्जहरूलाई आवश्यक ब्रिफिङ तथा निर्देशन दिन सुरु गरे लगत्तै अचानक भुइँमा लडेका थिए ।
उनलाई तत्कालै विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरेपछि अवस्थामा केही सुधार आएको बताइएको छ ।
Discussion about this post