मोरङ : मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
विराटनगर–विराट चोक सडकखण्डमा विराटनगरबाट विराट चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले ६ नम्बर वडा कार्यालय अगाडि बाटो काट्दै गर्दा बिहीबार (आज) एक जना पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोरङको ग्रामथान गाउँपालिका –६ का ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका– ७ का १७ वर्षीय अनिष भगतलाई नियन्त्रणमा लिएको छ ।
Discussion about this post