इटहरी : सुनसरी र धनकुटाको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका ७ का ५० वर्षीय मिकाइल मियाँलाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ ।
यसैगरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका ९ का ५१ वर्षीय राजु राईलाई २८ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका ६ स्थितमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका २ का २२ वर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।
यस्तै, मोरङको सुन्दरहरैँचा १० का २६ वर्षीय जयराम सरदार, १८ वर्षीय सुदीप सरदारलाई ३ किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post