इटहरी : इटहरीमा रहेको द योङ ब्रदर्श क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ ।
शनिबार इटहरीमा भएको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको हो ।
‘रगत दान भनेको महादान भएकाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गरिदैँ आएको छ,’ क्बलका अध्यक्ष विजय सुब्बाले भने, ‘क्लबले सामाजिक कामसँगै खेलकुदका गतिविधिसमेत सञ्चालन गर्दै आएको छ ।’
उनले आगामी दिनमासमेत सामाजिक काम गर्ने उल्लेख गरे ।














Discussion about this post