मोरङ : मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल जिल्लाको रतुवामाईमा दुर्घटना हुँदा आमा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतक भवानीका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाकाअनुसार सडकमा अचानक कुकुर देखिएपछि जोगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post