मोरङ : मोरङको रंगेली नगरपालिका ८ दर्वेसास्थित भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले रंगेली ७ की दिलीप मण्डलकी १३ वर्षीया छोरी मिरा मण्डललाई ठक्कर दिएको थियो ।
उनलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भएकी थिइन् ।
उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
ठक्कर दिने बस र बस चालक कटहरी गाउँपालिका ७ का ५५ वर्षीय चन्द्रबहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post