सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका २ का २३ वर्षीय राहुल गुरुङ र २७ खर्षीय समीर राईलाई ट्रामाडोल २ सय ९० चक्की, २ सय ९० चक्की डाइजी–२० सहित पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थितबाट धरान उपमहानगरपालिका १७ का ३८ वर्षीय जीवन राई र धरान ५ का ४२ वर्षीय अर्जुन तामाङलाई प्रतिबन्धित औषधी ६० एम्पुलसहित नियन्त्रणमा लिइएको छ ।
यसैगरी प्रहरी चौकी अमरहाट सुनसरीले धरान १३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका ३ का ४५ वर्षीय गजेन्द्रकुमार याख्खालाई साढे ४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाँच जनामाथि नै थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post