ताप्लेजुङ : ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ ।
फावा खोला तर्ने क्रममा खोलाले बगाउँदा एक सय ५० मिटर टाढा लिङ्देन मृत अवस्थामा फेला परेकी हुन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post