इटहरी : मोरङको सुन्दरहरैंचामा एक युवक मृत भेटिएका छन् ।
सुन्दरहरैँचा नगरपालिका–७ खोरियामा रहेको पैनीको पानीमा डुबेको अवस्थामा ३० वर्षीय पूर्णकाजी विक मृत फेला परेका हुन् ।
बुधवार (आज) स्थानीयले पानीमा डुबिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । सो क्रममा विकको शव रहेको खुलेको थियो ।
के कारण मृत्यु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post