सङ्खुुवासभा : सङ्खुुवासभाको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् ।
आज (बुधवार) दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनाको कारण खुल्न सकेको छैन । घटना शंकास्पद देखिएको छ ।
आमा र शिशुको एकै साथ अन्त्य भएपछि गाउँ नै शोकमा परेको बताइएको छ ।
के कारणले मृत भेटिए भन्नेबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।















Discussion about this post