मोरङ : मोरङको रंगेली नगरपालिकामा खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
रंगेली नगरपालिका–६ निवासी रविन कुमार महतोका छोरा आयुस महतोको डुबेर मृत्यु भएको हो। शुक्रबार अपराह्न बालक आफ्नै घरअगाडि खेल्ने क्रममा नजिकै रहेको पानी जमेको पोखरीमा डुबेका थिए।
डुबेर गम्भीर अवस्थामा रहेका बालकलाई परिवार र स्थानीयले उद्धार गरी तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा शुक्रबार साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।














Discussion about this post