Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८२
in टाकुरा विशेष, समाचार
0
एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)
4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निर्माणाधीन एसियन हाइवे अन्तर्गत इटहरी खण्डको सडक विस्तारका क्रममा एक सय २४ वटा संरचना हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इटहरीको बूढी खोलादेखि लबिपुरस्थित देवी खोलासम्मको सडक खण्डमा पर्ने संरचनाहरू हटाउनुपर्ने जानकारी दिएको हो।

सूचनाअनुसार ती संरचनाहरू सरकारी नक्साअनुसार सडक सीमाभित्र परेका छन् । जसका कारण मुआब्जा तथा क्षतिपूर्तिसहित हटाइने स्पष्ट उल्लेख गरिएको छ।

प्रशासनले प्रभावित संरचना धनीहरूलाई ३५ दिनभित्र आफ्नै प्रयासमा संरचना हटाउन आग्रह गरेको छ । तोकिएको समयसीमा भित्र स्वेच्छाले संरचना हटाए मात्र क्षतिपूर्ति पाउने प्रस्ट पारेको छ ।

काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड, इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठका अनुसार, सडक स्तरोन्नतिको क्रममा संरचना हटाउनु पर्ने भएकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ अनुसार सूचना प्रकाशित गरिएको हो ।

‘सूचना प्रकाशन भएको मितिले १५ दिन पछि सम्बन्धित व्यक्ति वा हकवालाले नेपाली नागरिकताको प्रतिलिपि, स्थानीय निकायबाट तीनपुस्ते खुल्ने प्रमाणित कागजात र निजको हकवालाको हकमा नाता प्रमाणित कागजात तथा प्रभावित संरचनाको प्रष्ट देखिने प्रमाणित फोटो, सम्बन्धित व्यक्तिको बैंक खाता नम्बर, पान नम्बर लगायत अन्य आवश्यक कागजात समेत संलग्न गरी मुआब्जा क्षतिपूर्तिको लागि निवेदन पेश गर्न सकिनेछ,’ सूचनामा उल्लेख छ ।

मुआब्जा सम्बन्धी थप विवरणका लागि आयोजना कार्यालय, इटहरी–सुनसरीमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

‘सबै घर तथा भवनहरू आंशिक रूपमा भत्किन्छन्, श्रेष्ठले भने, ‘पूरै क्षति हुने कुनै पनि छैनन् । सबै आंशिक भएकाले घर धनीले आफैँ संरचना हटाउन आग्रह गरिएको छ । संरचना आफैँ नहटाएमा कानुनअनुसार काम अगाडि बढ्छ ।’

आयोजना कार्यालय र भवन विभागले संयुक्त रूपमा नापजाँच गरिसकेपछि सीडीओ कार्यालयबाट यकिन तथ्यांक आएकाले सूचना प्रकाशन गरिएको उनले जनाए । सहरी विकासअन्तर्गतको संघीय आयोजना कार्यालय विराटनगरले स्टिमेट निकालिसकेको, भवन विभागले मूल्यांकन गरिसकेको उनको भनाइ छ ।

खासगरी अहिले उक्त सडक खण्डअन्तर्गत दुई खण्डमा काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी अहिले निर्माणको काम जारी छ । झापाको सितापुरीदेखि इटहरीको लवीपुरसम्म जम्मा ९५.७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको श्रेष्ठ बताउँछन् ।

पश्चिम खण्डमा करिब २० प्रतिशत काम भइसकेको उनले बताए । प्याकेज १ र ४ पूर्वी खण्डले हेर्दै आएको छ भने प्याकेज २, ३ र ५ पश्चिम खण्डले हेर्दै आएको छ ।

जसअनुसार प्याकेज २ मा झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लवीपुरसम्म पर्छ । प्याकेज ५ भने तीन सय मिटर भन्दा लामो पुलहरू पर्ने उनले बताए ।

प्याकेज २ मा हालसम्म २३ प्रतिशत काम भएको छ भने प्याकेज ५ मा २१ प्रतिशत र प्याकेज ३ मा ११ प्रतिशत काम भएको छ ।

अहिले इटहरीदेखि पूर्व काकडभिट्टासम्म नै विभिन्न स्थानमा डाइभर्सन निकालेर काम भइरहेको छ । डाइभर्सनका कारण लामो रुटमा चल्ने यातायातलाई समस्या हुने गरेको छ । तर, बर्खाअघि सबै क्षेत्रका डाइभर्सन ‘क्लोज’ गरिने श्रेष्ठले बताए ।

‘जति डाइभर्सन छ, त्यो बर्खाअघि नै काम सकिएर बन्द हुन्छ । अब डाइभर्सन थपिने अवस्था छैन । जति पनि ठाउँमा डाइभर्सन निकालेर काम भइरहेको छ त्यो बर्खाअघि नै सम्पन्न हुँदा बाढीको कुनै जोखिम हुँदैन,’ उनले भने ।

सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र जंगल क्षेत्रमा २४ मिटरको बन्ने उक्त सडक झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउनेगरी डीपीआर र डिजाइन तयार गरिएको थियो । तर, तत्काल भने काकडभिट्टादेखि इटहरीको लवीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको छ ।

सडक सहरी क्षेत्रमा ६ लेन र वन क्षेत्रमा चार लेनमा निर्माण हुनेछ । चार लेनमा गुड्ने सवारी साधन भनेको लामो रुटमा चल्ने सवारीसाधन र त्यसको डिजाइन ‘स्पिड’ प्रतिघण्टा एक सय किलोमिटर रहेको छ ।

एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भएको हो । जसमा एसियाली विकास बैङ्कले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५.९ प्रतिशत रकम भने नेपाल सरकारको रहेको छ ।

कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता भएको हो । पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो ।

यी हुन् भत्किने संरचना

Tags: #इटहरी#सडकएसियन हाइवेटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
समाचार

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ...

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
FEATURE BREAKING

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्...

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

असार ७, २०८३
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

असार ७, २०८३
छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.