विराटनगर : विराटनगर महानगरपालिका ८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली नगरपालिका ६ का ३५ वर्षीय मनोज यादव रहेका छन् ।
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post