इटहरी : नेपाल शिक्षक संघ सुनसरीको दोस्रो प्रतिनिधिसभा शनिबार इनरुवामा सम्पन्न भएको छ ।
कार्यक्रममा वर्षभरीका गतिविधि र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला सचिव रोवनराज कार्कीले प्रस्तुत गरे । आर्थिक गतिविधि समेटिएको प्रतिवेदन अर्थ सचिव काशिराम चौधरीले पेस गरे ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल प्रमुख अथिति रहेको कार्यक्रममा जिल्लाका ११ वटा स्थानीय तहको अधिवेशन सकिएपनि धरान नगर अधिवेशन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ ।
आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेशन नहुँदासम्म काम गर्न दिने निर्णय भएको प्रतिनिधिसभाबाट पास भएको छ ।
सुनसरी जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहेको कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, पूर्व सांसद रेणुका पोखरेल, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रम नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष वेणुप्रसाद सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो ।














Discussion about this post