विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर–३ स्थितमा दुई वटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
प्रहरीका अनुसार को ३४ प २४३४ नम्बरको मोटरसाइकल, जुन दूध फार्मबाट कञ्चनबारीतर्फ जाने क्रममा प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकलबीच एकापसमा ठक्कर भएको हो ।
दुर्घटनामा विराटनगर–५ निवासी ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो।
घटनामा गम्भीर घाइते भएका खनालको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्को मोटरसाइकलमा सवार भारत झारखण्डकी २९ वर्षीया सपना दास घाइते भएकी छन्। हाल उनी विराटनगर–६, रामपुरस्थित माइतीमा बस्दै आएकी थिइन्। उनको अवस्था सामान्य रहेको र नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि २४३४ नम्बरको मोटरसाइकल चालक, झारखण्ड निवासी ३४ वर्षीय राकेश रञ्जनलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको मोरङ प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post