ओखलढुंगा : ओखलढुंगामा निर्माण सामाग्री चोरी गर्ने तीन जना व्यक्तिलाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ।
जिल्लाको खिजिदेम्बा गाउँपालिका–७ मा सञ्चालित एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीले खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेको उपकरणहरू जेठ २७ गते राति चोरी भएको थियो।
चोरी भएको सामानमा ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र विभिन्न प्रकारका तारहरू रहेका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा सोही ठाउँका २६ वर्षीय विमल कार्की, १८ वर्षीय सुरज विश्वकर्मा र अर्का एक नाबालकलाई चोरीका सामानसहित पक्राउ गरेको हो।
प्रहरीले तीनै जनालाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको जानकारी दिँदै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।












Discussion about this post