Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भद्रपुर नाकाबाट चिनी तस्करी मौलाउँदै, बिर्तामोडमा २५ बोरा चिनीसहित पिकअप नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८२
in विविध, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको भद्रपुरस्थित मेची पुल हुँदै भन्सार छली गरिएको ठूलो परिमाणको चिनी बिर्तामोडमा नियन्त्रणमा लिइएपछि सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि मौलाएको संकेत मिलेको छ।

बिहीबार दिउँसो बिर्तामोड नगरपालिका–५ सुब्बा चौकमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पिकअप गाडी रोकेर चेकजाँच गर्दा तस्करी गरिएको सामान फेला परेको हो।

मे १ च ६२८४ नम्बरको पिकअप गाडी भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको अवस्थामा जाँच गर्दा ५० केजीको दरले २५ बोरा भारतीय चिनी लुकाइराखिएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरूमा वितरण गर्ने नाटकसहित चिनीलाई भुजा, चिप्स बल, अण्डा आदिको छाप लगाएर गाडीमा राखिएको थियो।

चालक कन्काई नगरपालिका–८ का ३२ वर्षीय नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख २५ हजार रुपैयाँ र पिकअप गाडीको मूल्य १२ लाख रुपैयाँ तोकिएको छ।

पक्राउ परेका चालक र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

यता, स्थानीय व्यापारीहरूका अनुसार मेची पुल हुँदै भन्सार गेट अगाडि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति हुँदाहुँदै पनि दैनिक सयौं बोरा चिनी, खैनी, बिडी, रजनीगन्धा तथा अन्य खाद्य सामग्रीहरू भित्रिने क्रम बढ्दो छ।

उनीहरूको भनाइअनुसार केही व्यापारीहरूले थोरै परिमाणको सामान भन्सार तिरेर धेरै परिमाणमा अवैध रूपमा लैजाने गरेका छन्।

एक व्यापारीका अनुसार प्रहरीकै मिलोमतोमा मौका छोपेर लत्ताकपडा, इलेक्ट्रोनिक्स, जुत्ता–चप्पल, बिउबिजन, मेसिनरी औजारहरू पनि भन्सार नतिरी सीमाबाट सोझै भित्र्याउने गरिएको छ। यसरी बढ्दो तस्करीले राज्यको राजस्व गुमाउने मात्र होइन, स्थानीय बजारमा अस्वस्थ प्रतिस्पर्धा र सुरक्षाको चुनौतीसमेत थपिएको छ।

Tags: #झापा#तस्करी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित
FEATURE BREAKING

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गर्ने अन्तिम तयारीमा रहेको धरान उपमहानगरपालिका राजनीतिक विवादको चपेटामा परेको छ।...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
समाचार

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्डबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी...

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३
कोशी ब्यारेजको पुलबाट हामफालेका पुरुषको उद्धार

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो

साउन ३, २०८३

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

साउन ३, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

साउन ३, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1091 shares
    Share 436 Tweet 273
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.